२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक अवस्थामा सुधार

अ+ अ-

जाजरकोट । विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्या भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले सुविधा साथ बस्ने कक्षा कोठा पाएका छन् ।

कुशे गाउँपालिकाले २६ विद्यालयको भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुशी भएका हुन् । वर्षेनी विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन नहुँदा दैनिक पठनपाठनमा समस्या आएपछि कुशे गाउँपालिकाले पहिलो चरणमा २६ विद्यालयका भवन निर्माण गरेको हो ।

विद्यालय भवन नहुँदा आकाशमा बादल देखिनासाथ विद्यालय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो पहिलो चरणमा जीर्ण विद्यालय निर्माणकार्य अगाडि बढाएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनले भने, “शिक्षा नै जिन्दगीको पहिलो आधार भएकाले, हाम्रो पहिलो काम विद्यालय निर्माण गरी यहाँका हजारौँ बालबालिका बस्ने ठाउँको आधार तयार गरिएको छ ।”

धुलो र खुला चौरमा बसेर शिक्षा आर्जन गर्दै आएका दुर्गम गाउँका विद्यार्थी विद्यालय भवन निर्माण भएसँगै कक्षाकोठामा खुशीका साथ बस्ने गरेको शिक्षक नीमबहादुर ओलीले बताए ।

गाउँपालिकाभित्रका अन्य विद्यालयका भवनसमेत क्रमागत रूपमा समस्याका आधारमा क्रम निर्धारण गरी निर्माण हुँदै जाने गाउँपालिकाले जनाएको छ । कुशेगाउँपालिका–२ देखि ९ सम्मका अतिसमस्याग्रस्त विद्यालय पहिलो चरणमा निर्माण गरिएको छ ।

वडा नं १ का विद्यालय भने निर्माण नहुँदा वडाध्यक्ष गोपाल नेपाली रुष्ट भएका छन् । प्रावि, निमावी र मावि तहका विद्यालयलाई समस्या र विद्यार्थीको चापको आधारमा निर्माण गरिएको लेखापाल छवि खनालले बताए । विद्यालय भवन निर्माण भएपछि निकै खुसी भएको वीरेन्द्र प्रावि बरखालका विद्यार्थीले बताएका छन् । कक्षाकोठा नहुँदा भुइँमा बस्नुपर्ने समस्या हल भएको भन्दै निकै खुशी भएको पुतली प्रावि छहरागाउँका छात्र महेश थापाले बताए ।

त्यस्तै सधैँ आकाशमा बादल देखिनासाथ झोला बोकेर घर जानुपर्ने र पढाइ नहुँदा तनाव हुने समस्या हल भएको सरस्वती निमावि डाँडाभौता, अर्छानीका छात्रा नवीना शर्माले जानकारी दिइन् ।

दरबन्दीअनुसारका शिक्षक नहुँदा पढाइ प्रभावित भएका विद्यालयमा ८१ अनुदानमा नयाँ शिक्षक नियुक्ति गरी पढाइ शुरु गर्दा केही समस्या हल गरेको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस