राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता : रक्षामन्त्री पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता : रक्षामन्त्री पोखरेल


प्रशासन संवाददाता

२९ फाल्गुन २०७५, बुधबार


काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन् ।

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको १५ दिवसीय उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीमको आज समापन गर्दै उनले राजनीतिक स्थायित्वले नै राष्ट्रिय सुरक्षाको चुनौती र खतरालाई सम्बोधन गर्न सक्ने बताए ।

‘राष्ट्रिय सुरक्षाका लागि सबै नेपाली एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाएर साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रबन्ध मिलाउन सहज हुन्छ,’उनले भने ।

त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले राष्ट्रिय सुरक्षाजस्तो गम्भीर विषमा समस्त नेपाली संवेदनशील हुन जरुरी भएको बताएका थिए । विभिन्न सरकारी निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृत र अन्य सुरक्षा निकायका अधिकृतहरु गरी २४ जनाले उक्त तालीम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस