सप्तरीमा मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिँदा तीनको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सप्तरीमा मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिँदा तीनको मृत्यु


२९ फाल्गुन २०७५, बुधबार


राजविराज । सप्तरीमा मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार मजलु मियाँ र रामे पासवानको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्का एकजनाको नाम खुल्न सकेको छैन ।

बसमा सवार घाइते भएका अन्य यात्रुलाई उपचारको लागि सिरहाको लहानतिर पठाइएको प्रहरीले जनाएको छ।

को३४प ६४३५ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा को१ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टिएको थियो।

घटना पछि राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध भएको राजमार्ग अझै खुल्न सकेको छैन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस