सिँहदरवार गेटबाट कृष्ण पहाडी लगायत दर्जनौ पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिँहदरवार गेटबाट कृष्ण पहाडी लगायत दर्जनौ पक्राउ


प्रशासन विशेष ब्युरो

२९ फाल्गुन २०७५, बुधबार


काठमाडौँ । प्रहरीले मानवअधिकारवादी नेता कृष्ण पहाडी लगायत दर्जनौ व्यक्तिलाई पक्राउ गरेको छ ।

सरकारले सिके राउतसँग गरेको सम्झौताको बिरोध गर्दै सिँहदरवार अगाडी नारावाजी गरेका पहाडीलगायतलाई पक्राउ गरेको हो । सिके राउतसँग गरिएको सम्झौतालाई ‘अपराजधजन्य सहमति’ भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्वसभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, बाबुराम न्यौपाने, विनित अर्याल, विपी पौडेल, नानीकाजी गिरी, अर्जुन लामिछाने, भक्त लिम्बु, भगवान पुडासैनी,  नामबहादुर पुनसहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस