इपिएस भाषा परीक्षा जेठ अन्तिममा हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इपिएस भाषा परीक्षा जेठ अन्तिममा हुने


२७ फाल्गुन २०७५, सोमबार


काठमाडौं । इपिएस भषा परीक्षा जेठको अन्तिमतिर हुने भएको छ । सरकारी कोटामा दक्षिण कोरिया जान लिइने भाषा परीक्षा जेठ २६ र २७ गते हुने भएको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको मिति आगामी जुन ९ र १० अर्थात २६ र २७ गतेको लागि तोकेको जनाएको छ । परीक्षाका लागि चैत्र ८ गते देखि १७ गते सम्म फारम भर्न सकिने जनाइएको छ । फारम भर्न देशका विभिन्न स्थानहरुमा व्यवस्था मिलाइने इपिएस शाखाले जनाएको छ ।

नेपाल र कोरियाबीच सन् २००७ जुलाई २३ मा सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो । कारियाली सरकारले सरकारीस्तरमा कामदार लैजान १५ देश सँग सन् २००७ र २००८ मा सम्झौता गरको थियो । सम्झौतामा कृषि, निर्माण र फिसिङ गरी तीन क्षेत्रमा कामदार लैजाने भनिए पनि हाल कृषि र निर्माणमा मात्रै कामदार लगिँदै आएको छ।

इपिएस कोरिया शाखाका अनुसार हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत छन् । प्रत्येक नेपालीले मासिक १ लाखभन्दा बढी रुपैयाँ कमाउँछन्। सन् २०१८ मा ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए। जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस