उठ न ए बाबा उठ… « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उठ न ए बाबा उठ…


२५ फाल्गुन २०७५, शनिबार


उठ न ए बाबा उठ
एक फेर त उठ …
आज तिमीलाई हेर्न धेरै मान्छे आएका छन्
तिम्रो सामु पर्दा तर्किएर हिँडे पनि
आज तिमीलाई नमस्कार गर्दछन्
तिमीलाई टिकासम्म नलगाई दिनेहरू
तिम्रो निर्जीव शरीरलाई अबिर मालाले सजाई रहेछन्

उठ न ए बाबा उठ
एक फेर त उठ …

तिम्रो खुसी हेर्न नसक्नेहरू प्रति
आज अत्यन्तै दुस् खि भैराछन्
हेर त तिम्रो मृत्युमा राइरहेका आत्माहरूलाई
तिमी आउँदैनौ भन्ने थाहा हुँदाहुँदै पनि
फेरी फर्की आइदिनु भन्दै छन्

उठ न ए बाबा उठ
एक फेर त उठ..

तिम्रो बिहेमा जनता नजानेहरू प्रति
आज तिमा्रे मलामी बन्न आएका छन्
दुःखी भई तिमी रोइदिँदा
कुल्ला पसी खित्का छाड्दै हाँस्नेहरू पनि
आज तिम्रो निश्प्राण शरीर अगाडि
दुई थोपा आँसु झार्दै छन्

उठ न ए बाबा उठ
एक फेर त उठ…

तिम्रो समीपसम्म नपर्नेहरू पनि
आज तिम्रो तस्बिर लिँदै छन्
बाँचुन्जेल तिम्रो खैरो खन्नेहरू पनि
आज तिमीप्रति गहिरो सहानुभूति प्र्रक्रट गर्दै छन्
तिमीलाई हार्दिक बधाई दिनसमेत कन्जुस्याँई गर्नेहरू
आज मन खोलेर हार्दिक समवेदना भन्र्दैछन्

उठ न ए बाबा
एक फेर त उठ…

चन्द्रमामा पनि दाग हुन्छ भन्ने सुनेको थिए
बाबा तिमी त बेदागी रहेछौ
आज सबै जना कहिल्यै नसुनेको
तिम्रो गुणगान गाउँदै छन् ।
सम्मान गरिने भयो रे तिमीलाई विभूषणले
सबै जना तिमी लायक थियौ रे यसको लागि भन्दै छन्

उठ न ए बाबा
एक फेर त उठ…

हिजोसम्म लोकप्रिय थियौ तिमी
आज क्षणभरमै चर्चामा चुलिएछौ
कोही छैनन् तिम्रो रिस डाहा गर्नेहरू यहाँ
आज सबै तिम्रा हितैषी मित्र बनी आएका छन्

बाँचुन्जेल तिमीले हेर्न चाहेको अपुरो खुसी
तिम्रो मृत्युपश्चात् सबैले दिन आएका छन्

उठ न ए बाबा
एक फेर त उठ …

प्रतिक्रिया दिनुहोस