नेकपा भन्न लाज लाग्याे, ‘लुटेरा समूह विप्लव’ राख्नुस् : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा भन्न लाज लाग्याे, ‘लुटेरा समूह विप्लव’ राख्नुस् : प्रधानमन्त्री ओली


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


प्रजातन्त्र दिवश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ‘विप्लव समूहलाई ‘लुटेरा समुह’को संज्ञा दिएका छन् ।

शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भने, ‘लुट्नकै लागि नेकपा नाम राखिएको छ, लाज भैसक्यो ।’

‘नेकपा भन्ने नाम हटाएर लुटेरा समूह विप्लव वा प्रकाण्ड भने हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाटो छोड अन्यथा सरकारले शान्ति सुरक्षा बहाल गर्न उचित कदम चाल्छ, म सुन्नेगरी भन्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दामा नाममा लुट्दै हिँडेको आरोप लगाएका छन् ।

‘विप्लव समुह लुट्ने समुह हो, चन्दाका नाममा लुटेर हिँड्न, हत्या गर्दै हिँड्न र विष्फोट गराउन मिल्दैन’ ओलीले भने, ‘विष्फोट गराउने अनि कम्युनष्टि पार्टी नाम लिँदै हिँड्ने रु यस्तो काम बन्द गर्नुस् ।’

पछिल्लो समय विप्लवका कार्यकर्ताबाट बरामद भएको हतियार र पोष्टर समेत आफुले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विप्लव समुहलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस