प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन : मुख्यमन्त्री पोखरेल


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


Shankar pokhrel

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताएका छन् ।

प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उनले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताए ।

अपांगता भएको ब्यक्तिको जीवन सहज बनाउनु महत्वपुर्ण बिषय भएकाले त्यसप्रति सरकार गम्भिर रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्य, लायन सुनिल ओझा, नेपाल स्पाईनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्रले प्रदेश सम्बृद्ध बनाउन सबै नागरिकका हक र अधिकार सुनिश्चित हुनुपर्ने विचार व्यक्त गरे ।

लायन्स क्लब अफ बुटवल सयपत्री र नेपाल स्पाईनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शुरु भएको प्रतियोगितामा १२ समुहको सहभागिता रहेको सयपत्री क्लबका अध्यक्ष रोशनी पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस