एकिकृत घुम्ती शिविरमा ६ सय ४९ जनाले नागरिकता लिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकिकृत घुम्ती शिविरमा ६ सय ४९ जनाले नागरिकता लिए


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


डोटी । डोटीको सायल गाउँपालिकामा संचालन गरिएको एकिकृत घुम्ती सेवा शिविरमा ६ सय ४९ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् ।

सायल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा मंगलबार देखि संचालन गरिएको एकिकृत घुम्ती शिविरमा ठुलो परिणाममा नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्नुका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको सायल गाउँपालिकाका नायब सुब्बा लाल बहादुर बोगटीले बताए ।

शिविरमा ६ सय ५० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् त्यसै गरि ४ सय ७७ जनाको स्वास्थ्य उपचार तथा चेकजाँच, १ सय जनाले पशु सेवा, साठी जनाले कृर्षि सेवा, ३५ जनालाई अपाङ्ग परिचय पत्रको लागि सिफारीस, २ सय ५० जनालाई बहुक्षेत्रीय पोषण सम्बन्धी जानकारी लगायतका सेवाहरु प्रदान गरिएको सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेलले बताएका छन् ।

जनताको घर दैलोमा सरकारको उपस्थिती गराई जनतालाई सर्व सुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ फागुन २१,२२ र २३ गतेका लागी आयोजना गरिएको शिविरमा ठुलो परिणाममा सेवाग्राहीहरुले सेवा लिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी एवंम शिविर संयोजक टेकनारायण पौड्यालले बताए । उनले भने ‘ग्रामिण क्षेत्रमा सेवा शिविर संचालन गर्दा सेवा ग्राहीहरुलाई प्रत्येक्ष रुपमा लाभ प्राप्त हुन्छ ।

त्यसैले आगामी दिनमा पनि स्थानीय तह हरुसंग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकिकृत घुम्ती शिविर संंचालन गर्न सकीनेछ । ‘जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार पछील्लो समयमा ग्रामीण भेगमा संचालन गरिएका शिबिरहरु बाट हजारौ सर्वसाधारणलाई राहात पुग्ने गरेको समेत संयोजक पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका बिच सहकार्य गरेर डोटीमा पहिलो पटक यो भन्दा पहिले एकिकृत घुम्ती शिबिर बोगटान गाउँपालिकामा संचालन गरिएको थियो भने यो दोस्रो शिविर हो ।

प्रतिक्रिया दिनुहोस