घरजग्गा पास गरिदिने भन्दै ठगी गर्ने दम्पती पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घरजग्गा पास गरिदिने भन्दै ठगी गर्ने दम्पती पक्राउ


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


घुससहित रंगेहात पक्राउ

वालिङ । घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख २० हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र निजकै श्रीमती ४० वर्षीया सङ्गीता नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।

निज दम्पतीले नगरपालिका–३ मा महेन्द्र नेपालको नाममा रहेको घरजग्गा पास गरिदिने भनी प्रलोभन देखाई ८ जनाबाट विभिन्न मितिमा रकम लिई देखाएको जग्गा अर्कै व्यक्तिको नाममा राजीनामा पास गरी ठगी गरेकाले पीडित मञ्जु गोदार तथा अन्यले प्रहरीमा किटानी जाहेरी दिएसँगै प्रहरीले दम्पतीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दम्पतीले विभिन्न मितिमा स्याङ्जाको फेदिखोला गाउँपालिका– २ की मञ्जु गोदारबाट रु १५ लाख, सावित्री दर्जीबाट रु ३ लाख ३० हजार, चुनुमाया गोदारबाट रु ३ लाख ५५ हजार, वेदप्रसाद गौतमबाट रु ३ लाख, कृष्ण महत थापाबाट रु चार लाख ६० हजार, दुर्गाकुमारी खत्री खड्काबाट रु ७ लाख, रुकुमको मुसिकोट नगरपालिका– १ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–८ मा डेरा गरी बस्ने रेशम रावलबाट रु २ लाख ७५ हजार गरी रु कूल ३९ लाख २० हजार लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेका दम्पतीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस