२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले एक वर्षमा असाधारण कामहरु गरेको छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षमा असाधारण कामहरु गरेको दावी गरेका छन ।

उनले अघि भने, ‘एक वर्षको बीचमा असाधारण कामहरु भएका छन् । हुन त अहिलेको समय आलोचना र टिप्पणी गर्न रुचाउने समय छ । केही पनि भएन । हुँदै भएन । कतै केही भएन भन्ने छँदैछ । यो त मान्छेको बानी नै बनेको छ ।’

दिवंगत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा बिहीबार काठमाडौंमा आयोजित श्रदाञ्जली सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘रवीन्द्र अधिकारी एक वर्ष मन्त्री हुनुभयो । एक वर्ष मन्त्री पाउँदा बिर्सन नसक्ने कामहरु गर्नुभयो, कसैले उपेक्षा गर्नै नसक्नेगरी छोडेर जानुभयो । संस्कृति, पर्यटन नागरिक उड्यनको क्षेत्रमा, उहाँको कामको तीव्रता, उहाँका योजनाहरु असाधारण छन् ।’

प्रधानमन्त्री ओलीले पूर्वउपप्रधान तथा अर्थ मन्त्रीसमेत रहेका दिवंगत नेता भरतमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलन के हो ? भन्ने बुझेका र कामबाट चिनिएका नेताका रुपमा चित्रण गरे ।

आङछिरिङ शेर्पा राम्रो काम गरेर छोटो समयमा नेपालको पयर्टन व्यावसाय, एक ढङ्गले सामाज्य जस्तो कायम गर्न सफल व्यक्ति भएको उनको भनाइ थियो ।

‘आङछिरिङ सेर्पा पनि राम्रो काम गरेर छोटो समयमा नेपालको पयर्टन व्यावसायमा, एक ढङ्गले भन्ने हो भने सामाज्य जस्तो कामय भएको थियो । उनको बाहिर सञ्चारमाध्यममा पनि आएको थियो । नराम्रो काम गरेर होइन राम्रो काम गरेर ,’ प्रधानमन्त्री ओलीले सम्झिए ।

प्रतिक्रिया दिनुहोस