सवारी दुर्घटनामा एकको मत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सवारी दुर्घटनामा एकको मत्यु


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


बस दुर्घटना

भादगाउँ । मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा७४प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै गरेको बा.२.ख ४८६८ नंको बसले समेत ठक्कर दिँदा प्रदेश ३–०२–००२ प ६३ नंको मोटरसाइकल चालक काभ्रे देउपुर–३ घर भई हाल मध्यपुर–९ बोडे बस्ने २४ वर्षीय सन्तोष राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील पाण्डेले जानकारी दिए ।

प्रहरीले सवारी साधनसहित मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी–३ घर भई हाल पुरानो थिमी बस्ने २४ वर्षीय ताराबहादुर तामाङ नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस