प्रधानमन्त्री चढेको विमान ‘होल्ड’ हुँदा छानविन समिति गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री चढेको विमान ‘होल्ड’ हुँदा छानविन समिति गठन


२३ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री चढेको विमान आकाशमा होल्ड भए पछि छानविन समिति गठन गरिएको छ । विमान अवतरण गर्ने क्रममा आकाशमा आधा घण्टा विमान होल्ड गरिएको बारे छानविन गर्न समिति गठन गरिएको हो । सहसचिव सुरेश आचार्यको संयोजकत्वमा  पाँच सदस्यीय समिति गठन गरिएको छ ।

गत मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री चढेको विमान आकाशमा तीन चक्कर लगाएको थियो । प्रधानमन्त्री चढेको विमान भन्ने जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्ने बारे छानविन गरिने जनाइएको छ ।

‘भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ । सुरक्षा र समयका हिसावले पनि यो महत्वपूर्ण हुन्छ ।’ मन्त्रालयका एक अधिकारी भने,’तर प्रधानमन्त्री बिरामी पनि भएकाले जहाज होल्ड गरिएको विषयलाई अझै बढी गम्भीर रुपमा लिइएको हो ।’

विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारवाही गर्न समितिले सिफारिस गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस