कपिलवस्तु । प्रहरीले विप्लव समूहका एक जनालाई पक्राउ गरेको छ ।
अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमाबाट एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
उनको साथबाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।







