नियन्त्रीत लागूऔषध सहित एक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नियन्त्रीत लागूऔषध सहित एक पक्राउ


प्रशासन संवाददाता

२२ फाल्गुन २०७५, बुधबार


pakrau

रुपन्देही । रोहिणी गाउँपालिका-३ रामनगर चोकबाट मर्चवारी गाउँपालिका-२ बस्ने २४ वर्षीय रामआशिष चौधरीलाई नियन्त्रीत लागूऔषध डाईजोपाम १ सय एम्पुल, फेनारागन १ सय एम्पुल र नुर्फिन १ सय एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चौधरीलाई उक्त नियन्त्रीत लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस