घुस लिएको अभियोगमा बेलौरी नगरपालिकाका सबइञ्जिनीयर बजगाईंविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको अभियोगमा बेलौरी नगरपालिकाका सबइञ्जिनीयर बजगाईंविरुद्ध मुद्दा दायर


प्रशासन संवाददाता

२२ फाल्गुन २०७५, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम सम्पन्न भइसकेको ठेक्काको बिल फरफारक गर्ने क्रममा सेवाग्राहीसँग घुस लिने कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइञ्जिनीयर हृदयराज बजगाईंविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उक्त प्रयोजनका लागि निजले सेवाग्राहीसँग रु ६० हजार घुस लिएको आयोगले जनाएको छ । निजलाई बिगो रु ६० हजार कायम गरी जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस