पूर्वसांसद गणेश पण्डितको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वसांसद गणेश पण्डितको निधन


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए ।

विसं २०४८ को निर्वाचनमा उनी नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । विसं २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बनेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए ।

झण्डै ८ महीना प्रहरी हिरासतमा उनी रहेका थिए ।

तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उनी नुवाकोटबाट उम्मेवार बनेका थिए । काठमाडौँको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती रहेका छन् । पछिल्लो समय उनी पार्टीमा निष्क्रिय रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस