२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पेशल ओलम्पिक टोलीको बिदाइ

अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

युएईमा हुने प्रतियोगितामा नेपालले फाइभ ए साइड युनिफाइड फुटसल, बोसी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीमा सौरव कार्की, आदित बज्राचार्य, आदेशराज काफ्ले, अजय तामाङ, एलिसा न्यौपाने, सविना छुस्याबागा, नगिना महर्जन, क्षितिज बानियाँ, सुनीता सुनुवार, इशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, महिमा कोइराला र सागर शेरचन रहेका छन् । प्रतियोगितामा सहभागी टोली पर्सि बिहीबार युएई प्रस्थान गर्नेछ ।

प्रमुख प्रशिक्षकमा गणेश पराजुली, फुटसल प्रशिक्षकमा ठाकुरप्रसाद गौतम, एथलेटिक्स प्रशिक्षकमा राहुल लामिछाने र शान्ति थापा तथा बोसी प्रशिक्षकमा विमला लामा छन् । मेडिकलमा रोजी श्रेष्ठ छन् । टोली नेतामा स्पेशल ओलम्पिक नेपालकी अध्यक्ष डा शिक्षिता श्रेष्ठ रहेकी छन् । यही मार्च १४ देखि २१ तारिखसम्म हुने प्रतियोगिताका लागि अध्यक्ष श्रेष्ठ भने आजै युएई जानेछिन् । खेलाडी र प्रशिक्षक मार्च ७ मा त्यसतर्फ जानेछन् ।