पोखराको फेवातालमा छात्राको शव फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखराको फेवातालमा छात्राको शव फेला


प्रशासन संवाददाता

१९ फाल्गुन २०७५, आइतबार


पोखरा । पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराएका छन् ।

नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस