२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित र जनजातिका घर–घरमा धारा

अ+ अ-

दमौली । तनहुँको भिमाद नगरपालिका–५ मा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सात घर दलित र ५२ घर आदिवासी जनजातिको बसोबास रहेको यस ठाउँका १७० महिला र १७३ पुरुष आयोजनाबाट लाभान्वित भएका छन् ।

स्थानीयवासीलाई स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यका साथ वि.सं. २०७४ मङ्सिर २९ गतेबाट निर्माण शुरु भएको आमडाँडा खानेपानी आयोजना रु ८४ लाख ४७ हजार २७१ को लागतमा सम्पन्न भएको हो ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना निर्माण गरिएको परियोजना सल्लाहकार बासुदेव पाण्डेले जानकारी दिए ।

खानेपानी आयोजनाका लागि नेपाल सरकारले ३० लाख २८ हजार २६२, फिनल्याण्ड सरकारले ३० लाख २८ हजार २६२ आर्थिक सहयोग गरेको छ । आयोजनाका लागि भिमाद नगरपालिकाले आठ लाख ४४ हजार ७२७ र स्थानीय उपभोक्ताले पाँच लाख ८३ हजार ४५३ लागत सहभागिता व्यहोरेका छन् भने नौ लाख ६२ हजार ५६७ बराबरको जनश्रमदान गरेका छन् ।

खानेपानी आयोजनाबाट ५९ घरधुरीका ३४३ उपभोक्ता लाभान्वित भएको आमडाँडा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष विवेक रानाले बताए। सोही वडाको भालुखोलाबाट पानी लिफ्टमार्फत् ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताको घरघरसम्म वितरण गरिएको रानाले जानकारी दिए । एक घर एक धाराअन्तर्गत सबै उपभोक्ताको घरघरमा धारा जडान गरिएको हो ।

खानेपानी योजना नहुँदा अस्थायी मूलबाट पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई रहेको थियो । दैनिक दुई/तीन घण्टा हिँडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो ।