दार्चुला जिप दुर्घटना : मृतक सबैको सनाखत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दार्चुला जिप दुर्घटना : मृतक सबैको सनाखत


१८ फाल्गुन २०७५, शनिबार


दार्चुला । दार्चुलामा शुक्रबार राति भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ। घटनामा ११ जनाको मृत्यु भएको थियो । एकजना गम्भीर घाइते भएका थिए ।

मृत्यु हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी, वडा नम्बर २ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धाना बम र ५३ वर्षीया मानमती भट्ट, वडा नम्बर ४ का ५५ वर्षीय अमरा बम र सात वर्षीया आयुसा बम रहेका छन् । यस्तै बैतडीको दोगडाकेदार गाउँपलिका–६ सित्तडका ६० वर्षीय प्रताप चन्द र करिब २१ वर्षीया स्नेहा बम रहेका छन्।

मृतक सबैको शव जिल्ला अस्पताल दार्चलामा राखिएको छ।

दुर्घटनामा जीप चालक दीपकसिंह धामी गम्भीर घाइते भएका थिए । उनलाई दार्चुलामा उपचार हुन नसकी थप उपचारका लागि भारतको पिथौरागढ रिफर गरिएको छ ।

दुहु गाउँपालिका–३ राताकाठाबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्वरको जीप महाकाली किनारमा खसेर दुर्घटनामा परेको हो। उक्त सडकको स्तरोन्नतिको काम भइरहेको छ। निमार्णधीन सडकमा यात्रु झारेर सडक पार गर्नुपर्ने भए पनि यात्रुसहित सडक पार गर्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस