मङ्गलकारी प्रतीक चिन्ह स्वस्तिक र यसको उपयोगिता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मङ्गलकारी प्रतीक चिन्ह स्वस्तिक र यसको उपयोगिता


प्रशासन विशेष ब्युरो

१८ फाल्गुन २०७५, शनिबार


स्वस्तिक

पूर्वीय वैदिक सनातन संस्कृतिमा परम मङ्गलकारी प्रतीक चिन्ह स्वस्तिक आफैमा विलक्षण गुण छ भन्दा यहाँ अस्वाभाविक नहोला । यसलाई हाम्रो सबै व्रत, चाड–पर्व, पूजा आजा एवं मांगलिक कार्यहरूमा या अवसरमा सिँदुर वा कुमकुमले अङ्कित गरिन्छ । यो मांगलिक चिन्ह अनादि कालदेखि सृष्टिमा व्याप्त रहिरहेको छ ।

स्वस्तिकको सामान्य अर्थ शुभ हुन्छ, मंगल एवं कल्याण गर्ने वाला हुन्छ । स्वस्तिक शब्द सु र अस धातुबाट बनेको हो । सु को अर्थ शुभ, मंगल अथवा कल्याणकारी, र अस को अर्थ अस्तित्वमा रहिरहेको भन्ने बुझाउँछ । यसले पूर्णतयाः कल्याणकारी भावना दर्साउँछ । देवताहरूको चारैतिर घुमिरहने आभामण्डलको चिन्ह नै स्वस्तिक हो, यसकारणले नै देवताहरूको शक्तिको प्रतीक भएको हुनाले नै यसलाई शास्त्रहरूमा शुभ एवं कल्याणकारी मानिएको छ ।

स्वस्तिक को प्राचीनता र यसको प्रयोग अनेक धर्ममा गरिन्छ । जैन वा बौद्ध सम्प्रदाय वा अन्य धर्महरूमा प्रयाः रातो, पहेँलो एवं सेतो रगंहरुबाट अङ्कित स्वस्तिक को प्रयोग भइरहेको छ । सिन्धु घाँटी सभ्यताको उत्खननमा स्वस्तिक चिन्हको अवशेष प्राप्त भएको छ । जसबाट यो प्रमाणित हुन्छ कि हजारौँ-हजार वर्ष पूर्वमा नै मानव सभ्यतामा यसको प्रयोग भएको र आफ्नो भवनमा यस मङ्गलकारी स्वस्तिक चिन्हको प्रयोग गर्दथे भन्ने कुराको पुष्टि गर्छ ।

द्वितीय विश्व युद्धको समयमा एडोल्फो हिटलरले उल्टो स्वस्तिक को चिन्ह आफ्नो सेनाको प्रतीकको रूपमा शामिल गरेका थिए । सबै सैनिकहरूको पोशक एवं टोपीमा उल्टो स्वस्तिक चिन्ह अंकित यियो । सम्भवतः यस्तो उल्टो स्वस्तिक चिन्हको प्रयोग नै हिटलरको बर्बादीको कारण बन्यो । उसको शासनको अन्त हुनको साथै भयांकर नोक्सानी साथ युद्धमा उसले हार बेहोर्नु पर्याे । त्यस कारण स्वस्तिक को प्रयोग जहिले पनि शुद्ध, पवित्र एवं सही ढङ्गले उचित स्थानमा मात्रै गर्नु पर्छ । शौचालय तथा फोहोर स्थानहरूमा स्वस्तिक चिन्हको प्रयोग गल्तीले पनि गर्नु हुँदैन । स्वस्तिक चिन्हको प्रयोग गलत तरिकाले गलत ठाँउहरुमा गर्नेहरूको बुद्धि-विवेक समाप्त हुन्छ । दरिद्रता, तनाव, रोग एवं क्लेशमा वृद्धि हुन्छ । स्वस्तिकको आकृतिलाई श्रीगणेशजीको प्रतीक तथा श्री विष्णु र श्रीसूर्यनारायण को आसन मानिन्छ । यस चिन्हलाई पूर्वीय सनातन संस्कृतिमा विशेष स्थान दिइन्छ । प्रत्येक मंगल एवं शुभ कार्यमा यसको प्रयोग हुन्छ । यसको प्रयोग भान्सा घर, सन्दूक, तिजोरी, भण्डार कोठा, घरको मुख्य तथा साहयकद्वार, भवनमा, दोकानमा, पूजास्थलमा, एवं कार्यालयमा प्रयोग गरिन्छ ।

हामी स्वस्तिकलाई रातै रगंमा पयोग गर्छौ, स्वस्तिक को रङ्ग रातो नै किन हुन्छ भने, पूर्वीय सनातन संस्कृतिमा रातो रङ्गको सर्वाधिक महत्त्व छ र मांगलिक कार्यहरूमा यसको प्रयोग सिँदुर, रोली या कुम्कुमको रगंमा गरिन्छ । सबै देवी–देवताहरूको प्रतिमा या मूर्तीहरूमा रोलीको टिका लगाइन्छ । रातो रगं सौर्य एवं विजयको प्रतीक पनि हो । रातो टिकालाई तेजस्विता, पराक्रम, गौरव एवं यश र साहसको प्रतीक मानिन्छ । रातो रङ्गले प्रेम, रोमान्स तथा साहसलाई पनि दर्साउँछ । रातो रङ्गले मानिसहरूको शारीरिक एवं मानसिक स्तरलाई शीघ्र प्रभावित पर्छ । रातो रङ्ग शक्तिशाली र मौलिक पनि हो । यो रङ्ग मङ्गल ग्रहको पनि हो जो स्वयं नै साहस, पराक्रम, बल वा शक्तिको प्रतीक हो । रातो रङ्ग सजीवताको प्रतीक पनि हो र हाम्रो शरीरमा व्याप्त रक्त कोशिकाहरूमा भएको प्राण शक्तिको पोषक पनि हो । मूलतः यो रङ्ग ऊर्जा, शक्ति, स्फूर्ति एवं महत्वाकांक्षाको पतीक हो । नारीको जीवनमा रातो रङ्गको विशेष स्थान छ र उनीहरूको सौभाग्य चिन्ह र श्रृंगारमा सर्वाधिक प्रयोग हुने रङ्ग पनि हो । महिलाहरूको सिउँदोको सिँदुर, निधारको टिका, नाडीको चुरा, हात-खुट्टाको नङमा लगाइन्ने रङ्ग, चाड-पर्व, व्रत, मेलापात, विवाहको जोडा, प्रेमी-प्रेमीकाले प्रणय आफ्नो दर्साउन दिइन्ने फुलको रङ्ग आदि सबैमा रातो रङ्ग हुनमा यसको आफ्नै महत्त्व छ । नाभि स्थित मणिपुर चक्रको पर्याय पनि रातो रङ्ग छ । शरीरमा रातो रङ्गको कमी भयो भने अनेकानेक रोगहरू उत्पन्न हुन्छ । रातो रङ्गबाट नै अरू केसरी, गुलाबी, गेरु रगंहरु बनाइन्छ । यी सबै तथ्यहरूबाट प्रमाणित हुन्छ की स्वस्तिक रातो रङ्गबाट नै अङ्कित वा बनाउनु पर्छ ।

स्वस्तिकको उपयोगिता र यसको निर्माणमा आफ्नै विशेषता छ । स्वस्तिक बनाउनको लागि धन चिन्ह बनाएपछि त्यसको भुजाहरूको चारैतिर दाहिने पट्टि सम कोण रेखाहरू तानेर स्वस्तिक बनाइन्छ । यसरी रेखाहरू तान्दा माथिल्लो भुजाबाट प्रारम्भ गर्नु पर्छ । यसमा दक्षिणवत्र्ती गति हुन्छ । स्वस्तिक सदैव कुम्कुम, सिँदुर वा अष्टगंधले मात्रै अङ्कित गर्नु पर्छ । वैज्ञानिक हार्टमेण्ट अनसर्टले आवेएंटिना नामक यन्त्रद्वारा रातो कुम्कुमको रङ्गले बनाएको स्वस्तिकको ऊर्जा लाई १,००,००० बोेविस युनिटमा सकारात्मक ऊर्जा नाप्नु भएको थियो भने ॐ चिन्हको सकारात्मक ऊर्जा ७०,००० बोविस युनिट मात्र थियो । त्यसैले ॐ मा भन्दा सकारात्मक ऊर्जा स्वस्तिक चिन्हमा भएको पुष्टि हुन्छ । ॐ र स्वस्तिक चिन्हको सामूहिक प्रयोगले निश्चित स्थानको नकारात्मक ऊर्जा शीघ्र हटेर जान्छ । घर, भवन, कार्यालय, दोकान, या कारखानामा र कार्यस्थलको मुख्यद्वारको दुवैतर्फमा स्वस्तिक चिन्ह अङ्कित गर्नाले सकारात्मक ऊर्जामा वृद्धि हुन्छ । पूजा स्थल, तिजोरी, पैसा राख्ने ठाउँ, आलमारीमा पनि स्वस्तिक चिन्ह बनाउनु पर्छ । स्वस्तिक लाई धन-द्रव्य एवं देवी लक्ष्मीको प्रतीकको रूपमा मानिन्छ । यसको चारै दिशाहरूको अधिपति देवताहरूमा अग्नि, इन्द्र, वरुण एवं सोमको पूजा हेतु एवं सप्तऋषिहरुको आशीर्वाद प्राप्त गर्नको लागि प्रयोग गरिन्छ । स्वस्तिकको अपमान तथा गलत प्रयोगबाट सदैव बच्नु पर्छ । स्वस्तिकको उचित प्रयोगबाट धना गमन तथा वृद्धि, गृह शान्ति, रोग निवारण, वास्तु दोष निवारण, भौतिक सुख सुविधाको कामनाहरूको पूर्ति, तनाव, अनिद्रा, वा चिन्ताबाट मुक्ति दिलाउँछ ।

ज्योतिषमा जातक जातिकाको कुण्डली बनाउँदा या कुनै पनि शुभ कार्यको थालनीमा सर्व प्रथम स्वस्तिकलाई नै अङ्कित गरिन्छ । ज्योतिषमा यस मांगलिक चिन्हलाई प्रतिष्ठा, मान-सम्मान, सफलता वा उन्नतिको प्रतीक मानिन्छ । मुख्यद्वारामा ६.५ इन्चको स्वस्तिक चिन्ह बनाएर लगाउनाले अनेक प्रकारको वास्तु दोषहरूको निवारण हुन्छ । हल्दीबाट अङ्कित स्वस्तिकले शत्रु नाश गर्छ । स्वस्तिकले २७ नक्षत्रहरूलाई सन्तुलन गरेर सकारात्मक ऊर्जा प्रदान गर्छ । स्वस्तिक चिन्हको प्रभावले नकारात्मक ऊर्जाहरूलाई सकारात्मक ऊर्जामा परिवर्तित गरिदिन्छ । यसको उचित प्रयोगले अमंगल र बाधाहरूबाट मुक्ति मिल्छ । स्वस्तिकको पूर्वीय सनातन संस्कृतिमा धरै ठुलो महत्त्व छ । विघ्नहर्ता श्री गणेशजीको उपासना, धन वैभव र ऐश्वर्यको देवी लक्ष्मीको साथै शुभ लाभको लागि स्वस्तिकको पनि पूजा विधान छ । विभिन्न प्रकारको सुख र संवृद्धिको प्रतीक स्वस्तिक घर-आँगन द्वार आदिमा प्रत्येक शुभ एवं मांगलिक कार्यको आरम्भमा बनाइन्छ । यो मङ्गल भाव र सुख–सौभाग्यको द्योतक हो ।

स्वस्तिकलाई सूर्य तथा विष्णुको प्रतीकको रूपमा पनि मानिन्छ । ऋग्वेदमा स्वस्तिकलाई देवता संतृन्त भएको उल्लेख छ । सविन्तृ सूत्रको अनुसार यस देवतालाई मनोवांछित फल दाता, सम्पूर्ण जगतक कल्याण गर्ने तथा देवताहरूलाई अमरत्व प्रदान गर्ने वाला भनेर वर्णित गरिएको छ । सिद्धान्तसाथको अनुसार स्वस्तिकलाई ब्रह्माण्डको प्रतीक मानिन्छ । यसको मध्य भागलाई विष्णुको नाभि, चारै रेखाहरूलाई ब्रह्माजीको चार हात, चार मुख, चार वेदहरूको स्वरूपमा भएको ज्ञान हन्छ । देवताहरूको चारैतिर घुम्ने आभामण्डलको चिन्ह नै स्वस्तिकको आकारमा हुनाले नै यसलाई शास्त्रले शुभ मानेको छ । तर्क-वितर्कबाट पनि यसलाई सिद्ध गर्न सकिन्छ । श्रुति-स्मृति, अनुभूति तथा युक्ति यी तीनैलाई एकैसाथ प्रतिपादन प्रयागराजमा हुने सङ्गमको समान छ । दिशाहरू मुख्यतः चार छ, ठाडो र तेर्सो रेखा तानेर जसलाई धनात्मक चिन्हको जस्तै आकार बनाइन्छ । यो आकारको चिन्ह चार दिशाहरूको नै द्योतक हो, यही सर्व मान्य छ । स्वस्ति को अर्थ हुन्छ हित, मंगल, शुभ र क को अर्थ हुन्छ कारक या कर्ता । त्यसैले देवताहरूलाई शक्ति र तेजको रूपमा शुभारम्भ दिने त्यो वस्तु नै स्वस्तिक हो ।

स्वस्तिक चिन्हको शुद्ध र उचित प्रयोगद्वारा वास्तु दोष पनि निवारण हुन्छ । स्वस्तिकको आकृतिलाई भगवान् श्रीगणेशजीको प्रतीक, विश्वधारक विष्णु एवं सूर्यको आसन मानिन्छ । स्वस्तिकको पूर्वीय सनातन संस्कृतिमा विशेष महत्त्व प्राप्त छ । हिन्दु जीवन पद्धतिमा त प्रत्येक शुभकार्यको साथमा स्वस्तिक जोडिएको छ । घर तथा भवन निर्माणको आरम्भमा स्वस्तिकको प्रयोग जग राख्ने समयमा शुभ हुन्छ र मानिन्छ । पहिले बताए अनुसार स्वस्तिकको अर्थ शुभ, मङ्गल, कल्याण गर्ने वाला, देवताहरूको चारैतिर घुम्ने आभामण्डलको चिन्ह नै स्वस्तिक भएको हुनाले र देवताहरूको शक्ति तथा तेजको कारकतत्वको प्रतीक पनि हो । यस कारण शास्त्रहरूमा यसलाई शुभ एवं कल्याणकारी मानिन्छ । स्वस्तिकको प्रयोग वास्तुशास्त्रमा स्विकारिन्छ । जहाँ वास्तु दोष छ त्यहाँ घर वा भवनको मुख्य द्वारमा स्वस्तिक चिन्ह लगाउनाले घरको समस्त वास्तु दोष समाप्त भएर जान्छ । साथै यही प्रयोग तपाईँ आफ्नो व्यापारिक संस्थान तथा कार्यालयमा पनि गर्न सक्नु हुन्छ । साथै यस्तो प्रयोग घर, भवन, दोकान एवं कार्यालयमा पनि गर्न सक्नु हुन्छ ।

स्वस्तिकको प्रयोगले मानिसको जीवनमा व्याप्त तनाव, रोग, क्लेश, गरिबी, एवं शत्रुता निवारण हुन्छ । भान्सा घर, तिजोरी, भण्डार कोठा एवं प्रवेशद्वारहरूमा सिँदुर या हल्दीको प्रयोग गरेर स्वस्तिक चिन्ह लाई अङ्कित गर्दा लाभदायक हुन्छ । स्वस्तिकको प्रयोग शुद्ध, पवित्र एवं सही तरिका तथा स्थानमा मात्रै गर्नु पर्छ । शौचालय, फोहोर स्थानहरूमा स्वस्तिक चिन्हको प्रयोग गर्न वर्जित गरिएको छ । यस्तो गर्ने गराउने दुवैको बुद्धि विवेक समाप्त भएर, दरिद्रता, तनाव, रोग एवं क्लेशमा वृद्धि हुन्छ । साथै महिलाहरूको स्वास्थ्य खराब हुन्छ । स्वस्तिक पूर्वीय सनातन सभ्यता एवं ज्योतिषको प्रतीक हो जुन वास्तुशास्त्रको अनुसार विभिन्न प्रकारको वास्तु दोषहरूको निवारण तथा कुनै विशेष स्थानको नकारात्मक ऊर्जाको निवारण हेतु प्रयोग गरिन्छ । यहाँ नकारात्मक ऊर्जा घर तथा भवनहरू वास्तुशास्त्र अनुरूप निर्माण नभएर अथवा प्राकृतिक दोषको कारणले बनेको हुन सक्छ । यसको निवारण निम्न प्रकारले स्वस्तिकको प्रयोग गरेर गर्न सकिन्छ:
१) कुनै पनि घर, भवन, कार्यालय, दोकान, कारखाना अथवा कार्यस्थलको मुख्यद्वाराको माथि वा दुवै  तर्फ स्वस्तिक चिन्ह बनाएर ।
२) पूजा स्थलमा स्वस्तिक स्थापित गर्ने र स्वच्छ राख्ने ।
३) स्वस्तिक चिन्हलाई आलमारी, तिजोरी, दोकानको गल्लाको माथि बनाएर राख्ने । स्वस्तिक श्री गणेशजी को प्रतीक हो र गणेशजी रिद्धी-सिद्धिको स्वामी हुनुहुन्छ ।
४) हल्दी, कुम्कुम, सिँदुर वा अष्टगंध अथवा कालो रगंले पनि स्वस्तिक चिन्ह बनाउन सकिन्छ । स्वस्तिकलाई धनकी देवी लक्ष्मीजीको प्रतीक चिन्ह पनि मानिन्छ । यस प्रकार स्वस्तिक चिन्ह पूर्वीय सनातन संस्कृतिमा अनेकानेक प्रतीकहरूलाई समेटिएको छ । स्वस्तिक चिन्हको चारै दिशाहरुको आधिपत्य देवताहरू अग्नि, इन्द्र, वरुण र सोमको पूजा हेतु तथा सप्तऋषिहरुको आशीर्वाद प्राप्त गर्नलाई गरिन्छ । अतः हामी स्वस्तिकको महत्त्व बुझेर श्रद्धापूर्वक अपनाउनु पर्छ । अज्ञानता बस पनि यसलाई अपमान या गलत प्रयोग हुनबाट बच्नु पर्छ । स्वस्तिकको सही प्रयोगले निम्न लाभ लिन सकिन्छ:
१) धनबृद्धि, २) गृह शान्ति, ३) रोग निवारण, ४) वास्तु दोष निवारण, ५) भौतिक इच्छाहरूको परिपूर्ति, ६) तनाव अनिद्रा तथा चिन्ताबाट मुक्ति

[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस