२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शोकमा डुब्यो टुँडिखेल, १४ फोटोमा हेर्नुहोस्

अ+ अ-

काठमाडौं । दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्योदय । आजको सूर्योदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे ।

नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद् घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीसहित सातजनालाई अन्तिम श्रद्धाञ्जलि दिन आएका आफन्तजन तथा शुभेच्छुक शोकले डुबेँ । नेपाली सेनाको एक टुकडिको शोकधुनसँगै हजारौँले पार्थिव शरीरमा पुष्पार्पण गरिरहे ।

सिर्जनशील, ऊर्जावान् एवं सबैको भरोसाका केन्द्रका रुपमा रहेका मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धुर्व भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको बुधबार हेलिकप्टर दुर्घटनामा परी अकालमा अकल्पनीय रुपमा निधन भएको थियो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा सो दिन ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिक शरीरमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा पुष्पार्पण गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जलि अर्पण गरे । प्रधानमन्त्री ओलीका साथमा उनका धर्मपत्नी राधिका शाक्यले पनि मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा पुष्पार्पण गर्दै श्रद्धाञ्जलि दिए ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको राष्ट्रिय झण्डा ओढाएका थिए। मन्त्री अधिकारीको राजकीय सम्मानका साथ उनको जन्मस्थान पोखरामा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहित मन्त्रिपरिषद्का अन्य सदस्यले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेल मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।

यसैगरी नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नरायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा प्रभावकारलगायत पार्टीका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुकले पनि श्रद्धाञ्जलि दिएका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता अर्जुननरसिंह केसी पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयाजक डा बाबुराम भट्टराई, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सांसद, मुख्य सचिव, सुरक्षा निकायमा प्रमुख, यहाँस्थित कूटनीतिक निकायका प्रमुख, कर्मचारी, उद्योगी, सञ्चारकर्मीलगायतले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

दुर्घटनामा निधन भएका सबैको शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको थियो ।

शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि आज बिहान ८ बजेका लागि तय भएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने गृहमन्त्रालयले जनाएको छ ।

नयाँ पुस्ताका अग्रणी नेता देशले गुमायो

भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेपछि विभिन्न दलका शीर्ष नेताले स्व अधिकारीका योगदानका बारेमा यसरी स्मरण गरे । कांग्रेसका वरिष्ठ नेता पौडेलले युवापुस्ताका भरोसायोग्य एवं अन्यन्त प्रतिभाशाली नेताका रुपमा स्व रवीन्द्र अधिकारी थिए भन्दै उनको अकल्पनीय दुःखद् अवसानले देशले ठूलो क्षति व्यहोर्नुपरेको बताए । उनले भने, ‘अगामी दिनमा यस्ता हवाई दुर्घटना नदोहोरिन दिन सरकारले विशेष ध्यान दिनुपर्छ ।’

नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले आर्थिक समृद्धि यसरी हासिल गर्न सकिन्छ भन्ने रु चिन्तकका रुपमा स्व अधिकारी थिए भन्दै नयाँ पुस्ता अग्रणी नेतालाई देशले गुमाएको बताए । उनले भने, ‘अब स्व अधिकारी जस्तो नेता जन्माउन देशले धेरै समय खर्चिनुपर्छ ।’

नेकपाका नेता एवं पूर्र्वप्रधानमन्त्री झलनाथ खनालले स्व अधिकारी अत्यन्त प्रतिभाशाली, प्रखर वक्ता कुशल सङ्गठनकर्ता थिए भने ।