दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि अर्पण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि अर्पण


प्रशासन संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आई हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन् ।

सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि उनीहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस