पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय विमान चालक आज रिहा हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय विमान चालक आज रिहा हुँदै


प्रशासन संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गर्दैछ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार संसदलाई सम्बोधन गर्दै भारतसँगको तनाव नचर्काउन आग्रह गरेका थिए।

उनले शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा शुक्रबार रिहा गर्ने बताएका थिए।

संसदको दुवै सदनको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै खानले आफूहरूसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभई तनाव चर्काएर कसैलाई फाइदा हुँदैन भन्ने बुझेकाले पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्न लागेको जानकारी दिए।

प्रधानमन्त्री खानले भारतीय पक्षबाट पाकिस्तानी इलाकामा गरेको बम वर्षाका कारण कुनै मानवीय क्षति नभएकाले बदलामा आक्रमण गर्ने सोच नराखेको बताए।

उनले भारत सरकारले पाकिस्तानमाथि आक्रमण गर्नुको आशय आसन्न निर्वाचनको नतिजालाई आफ्नो पकडमा पार्नु भएको दाबी पनि गरे। प्रधानमन्त्री खानले भारतीय काश्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहे पनि पाकिस्तानविरोधी जनमतलाई आफूतर्फ आकर्षित गर्न त्यहाँको राजनीतिक नेतृत्वले पटक पटक समस्या ल्याएको जानकारी पाएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस