असुरक्षित भर्गपतन रोक्न चेतना वृद्धिमा जोड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

असुरक्षित भर्गपतन रोक्न चेतना वृद्धिमा जोड


प्रशासन संवाददाता

१६ फाल्गुन २०७५, बिहिबार


डोटी । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साही पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिन सरोकारवाला निकायहरुले जोड दिएका छन् ।

आईपासको सहयोगमा जिल्ला समन्वय समिति डोटीले बिहीबार सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहाकार समितिको बैठकका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।

अशुरक्षित गर्भपतनका कारण महिलाहरुले नै जोखिम मोल्नु पर्ने अवस्था रहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मंजु मलासिले बताईन् । उनले भनिन् गर्भपतन भन्ने वित्तिकै महिलाको सवाल हो तर पुरुषहरु पनि जिम्मेबार हुनुपर्छ । पुरुषहरुको सहमति नहुदाँ महिलाहरु स्वईच्छाले केही गर्न सक्दैन पुरुषहरुकै दबाब र करकापमा पनि महिलाहरु गर्नपतन गराउन बाध्य रहको बताईन् ।

डोटी जिल्ला स्वास्थ्यको गुणस्तरमा सुधार गर्न अन्य स्थानीय तहहरुले पनि सहयोग गर्न आवश्यक रहेको समेत प्रमुख मलासिले बताईन् ।

अशुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरि गर्नपतन गराउनु हुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए ।

उनले भने गर्नपतन गराउन पाईन्छ वा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान छैन कस्तो अवस्थामा कहाँबाट गर्न पाईन्छ कस्तो अवस्थामा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक छ यसमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विशेष पहल गर्नुपर्ने बताए ।

मेडिकलबाट महिलाहरू गर्भपतन गराउने औषधिहरू सहजै पाउँछन । ‘औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अबैधरुपमा गर्भपतन गराउने समस्गा बढेको जिल्ला समन्वय समितिका संयोजक राम ऐरले बताए । उनले भने यसलाई निरुत्साहि गर्न जनचेतना अभिबृद्धी गर्नु जरुरी छ ।

सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाहरूको दक्षता अभिवृद्धि तथा जनचेतनाका लागि कार्य गर्दै आएको जिल्लामा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमकी संयोजक दीपा सिंहले बताइन उनले भनिन् ग्रामीण भेगमा गर्भपतन गर्नु हुन्न गराउनै पर्ने अवस्था आए स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने मानसिकता छैन् । केही त्यस्तै भईहाले निजी मेडीकल छदैछ भन्ने सोच्ने गर्छन् कतिले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएको बताईन् ।

जिल्ला अस्पताल डोटीका एम डी जिपी डाक्टर ग्रिस अवस्थीले असुरक्षित रुपमा औषधि खाइसकेपछि ज्यान जोखिममा परेका महिलाहरू पनि स्वास्थ्य संस्था आउने गरेको बताए । ‘पटक पटक गर्भपतन गराउनेहरू पनि छन’ उनले भने, ‘भारतमा काम गर्ने श्रीमान् घरमा आउँदा अस्थायी परिवार नियोजनका साधन प्रयोग नगर्ने कारण अनिच्छामा बसेको गर्भ तुहाउन पनि  आउछन्।

’गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको भन्दै इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारवाट सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्य कर्मि भएको स्वास्थ्य संस्थामा जानुपर्ने बताए ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्क अनुसार गत आवमा मात्र १ हजार ८९ महिलाहरुले स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराएका छन । जसमध्ये ३ सय ८३ ले जिल्ला अस्पतालबाटै गर्भपतन गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस