विकासका लागि हातेमालो गर्न महानगर तयार : चिरिबाबु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विकासका लागि हातेमालो गर्न महानगर तयार : चिरिबाबु


प्रशासन संवाददाता

१६ फाल्गुन २०७५, बिहिबार


करारमा कर्मचारी भर्ना

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताएका छन् ।

महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके । राजनीतिक रुपमा आफू अल्पमतमा रहे पनि एउटा पनि विवाद छैन ।’

वडा नं १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले स्थानीय विकास निर्माणमा पूर्ण पारदर्शिता अपनाएमा बजेटको अभाव नहुने बताए ।

कार्यक्रममा मगरगाउँ पीपलबोट सडक निर्माण उपभोक्ता समितिको अगुवाइमा मगरगाउँदेखि सानो खोकनासम्मको सडक निर्माण सम्पन्न भएको जानकारी गराइयो । उक्त सडक निर्माण गर्न महानगरपालिका र स्थानीय उपभोक्ताको चन्दाबाट करीब रु ३२ लाख प्राप्त भएको समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस