हेलिकोप्टर दुर्घटनाका सातै जनाको शव काठमाडौं विमानस्थलमा « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

हेलिकोप्टर दुर्घटनाका सातै जनाको शव काठमाडौं विमानस्थलमा


१६ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । हेलिकोप्टर दुर्घटनाका सातै जनाको शव काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको छ ।  दिउँसो १२ः१५ मा ताप्लेजुङबाट शव बोकेर उडेको हेलिकोप्टर दिउँसो १ बजेर १५ मिनेटमा त्रिभुवन विमानस्थलमा उत्रिएको हो

ताप्लेजुङमा बिहान पानी परेकाले शव ३ घन्टासम्म ताप्लेजुङ विमानस्थलमा नै राखिएको थियो। उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागंज लगिने बताइएको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका १० दारेभीरमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस