काठमाडौं उपत्यकामा हिमपात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौं उपत्यकामा हिमपात


१६ फाल्गुन २०७५, बिहिबार


भक्तपुर । काठमाडौं उपत्यकामा आज हिमपात भएको छ । उपत्यकाका काठमााडौं, ललितपुर र भक्तपुरमासमेत आज हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ ।

हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध भएका छन् ।

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको छ । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस