उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु


प्रशासन संवाददाता

१५ फाल्गुन २०७५, बुधबार


अबुजा । नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चार वटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ ।

कुदुना राज्यको कजुरु क्षेत्रमा चार वटा गाउँमा भएको यस आक्रमणमा परी अन्य २ प्रहरी घाइते हुनुका साथै ४० वटा घरमा आगजनी गरिएको सो राज्यको प्रहरी प्रमुख अहमद अब्दुर रहमानले जारी गरो विज्ञप्तिमा जनाइएको छ ।

बन्दुकधारीले गाउँगाउँ घुम्दै घरहरुमा आगजनी गरेको र स्थानीयबासीलाई गोली प्रहार गर्दै गएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

कुदुना राज्य सरकारका अनुसार सुरक्षा निकायले स्थिति नियन्त्रण गर्न सो इलाकालाई घेरा लगाएको बताइएको छ । रासस /सिन्ह्वा

प्रतिक्रिया दिनुहोस