२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमा मकै पकेट क्षेत्र घोषणा

अ+ अ-

खस्यौली । नगरपालिकालाई मकैमा आत्मनिर्भर बनाउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ लाई मकै पकेट क्षेत्र घोषणा गरिएको छ । मकै खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने गरी नगरपालिकाले यो वडालाई मकै पकेट क्षेत्र घोषणा गरेको हो ।

नगरभित्र झण्डै ७० प्रतिशत खेतीयोग्य जमीन छ । नगर प्रमुख वासुदेव घिमिरेले वडा नम्बर १२ को विष्णुपुरामा कृषक समूहलाई प्रविधि हस्तान्तरण गरेर कार्यक्रमको शुरुआत गर्दै नगरलाई प्रमुख खाद्य र नगदेबालीमा आत्मनिर्भर बनाउने गरी काम अघि बढाइएको बताए ।

यसअघि नगरपालिका–१४ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिसकेको छ । किसानको सहजीकरणका लागि नगरपालिकाले त्यहाँ १ जना प्राविधिकको छुट्टै व्यवस्थापन गरेको छ ।

कृषि प्राविधिक पकेट क्षेत्रमा वर्षायाममा धान काटेपछि २ याममा मकै लगाउन सकिने बताउँछन् । नगर प्रमुख घिमिरेले जमिनको राम्रो तयारी गरेर मात्र मकै लगाउन किसानलाई आग्रह गरे । १२ नम्बर वडाको कम्तीमा २५ बिघा क्षेत्रफलमा पकेट क्षेत्रका रुपमा यसपटक मकै बाली लगाइनेछ ।

यहाँ लगाइने मकै उन्नत जातको हुने र उक्त मकैको हरेक बोटमा २ वटा घोगा लाग्नेछन् । उक्त मकै ८० देखि ९० दिनसम्म तयार हुनेछ । सो अवसरमा कृषि सञ्जालका अध्यक्ष शारदा काफ्लेलाई कृषि प्रविधि हाते १८ एचपी ट्रयाक्टर, सिट ड्रिलर, मकैको बीउ, मल र कर्न सिलर (मकै छोडाउने मेशिन) समेत हस्तान्तरण गरिएको छ ।

नगरपालिकाले मकैको बीउमा शतप्रतिशत र अन्य उपकरणमा ९० प्रतिशत अनुदान दिएको बताएको छ ।

साथै सोही क्षेत्रमा सिँचाइका लागि २ वटा बोरिङ पनि जडान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख जीवन आचार्यले जानकारी दिए । नगर उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिकाले किसानमैत्री कार्यक्रम ल्याउँदै जाने बताउँदै उत्पादित कृषि वस्तुको बजारीकरणमा समेत नगरपालिकाले सघाउने बताए ।