‘बर्डफ्लु’को हल्ला मात्रै : संघ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘बर्डफ्लु’को हल्ला मात्रै : संघ


प्रशासन संवाददाता

१५ फाल्गुन २०७५, बुधबार


हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७, ८ र ११ वडामा अण्डा तथा मासुका लागि पालिएका हजारौँ कुखुरामा गम्भीर प्रकृतिको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमणका कारण एक साताभित्र सो क्षेत्रका करीब १५ हजार कुखुरा मरिसकेका छन् ।

अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लुको आशङ्का गरिएको छ ।

दैनिक ठूलो सङ्ख्यामा मरेपछि किसानको खोर नै रित्तिन थालेको छ भने यसबाट लाखौँ रकम क्षति भएको किसानले बताएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.चेतनारायण खरेलका अनुसार सङ्कलन गरिएका नमूना चितवन पठाइने र प्रतिवेदनका आधारमा अन्य काम अगाडि बढ्ने बताएका छन् ।

हेटौँडा उपमहानगरपालिकामा कुखुरा मर्न थालेपछि चलेको ‘बर्डफ्लु’को हल्ला निरर्थक भएको मकवानपुर कुखुरा व्यवसायी सङ्घले जनाएको छ ।

संघका अध्यक्ष राजु अधिकारीले हाल ‘बर्डफ्लु’ हेटौँडामा पनि रहेको स्पष्ट गरे ।

हाल ‘बर्डफ्लु’ को कुनै सङ्क्रमण नभएको भन्दै अधिकारीले ‘बर्डफ्लु’ बारे हल्ला भ्रम रहेको बताए।

उनले ‘हामी मानव स्वास्थ्यमा गम्भीर छौं, सरकारी ल्याबले ‘बर्डफ्लु’ घोषणा गर्छ भने हामी नष्ट गर्ने प्रतिबद्धता व्यक्त गर्छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस