पाकिस्तानमा फेरि भारतीय वायु सेनाको आक्रमण, चारको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाकिस्तानमा फेरि भारतीय वायु सेनाको आक्रमण, चारको मृत्यु


१५ फाल्गुन २०७५, बुधबार


काठमाडौं । भारतीय वायुसेनाले पाकिस्तानमा फेरि आक्रमण गरेको छ । पाकिस्तानको बालाकोटमा भारतीय सुरक्षाकर्मिले फेरि मंगलबार राति आक्रमण गरेको हो । आक्रमणबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक बच्चासहित चार जना रहेको बीबीसीले जनाएको छ । केही घाइते पनि भएका छन् ।

भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ । यस आक्रमणमा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए । जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको छ ।

भारतले चरमपन्थी संगठन जैश ए मोहम्मदको अड्डामा आक्रमण गरेको बताए पनि पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस