इरानका विदेशमन्त्रीले दिए पदबाट राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इरानका विदेशमन्त्रीले दिए पदबाट राजीनामा


१४ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । इरानका विदेशमन्त्रीले पदबाट राजीनामा दिएका छन् । विदेशमन्त्री जवाद जरीफले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् राजीनामाको घोषणा गरेको इरानको सरकारी समाचार एजेन्सी इरनाले बताएको छ ।

जरीफले ५९ वर्षीय आफ्नो कार्यकालमा भएका गल्तीको माफी पनि मागो छन् । जरीफले सन् २०१५ मा अमेरिकासँग भएको परमाणु सम्झौतामा मुख्य भूमिका खेलेका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौता तोडेको घोषणा गरेका थिए ।

जरीफ संयुक्त राष्ट्रसंघमा इरानको लागि राजदूत पनि बनेका थिए । सन् २०१३ मा हसन रुहानी राष्ट्रपति चुनिएपछि उनी विदेशमन्त्री बनेका थिए ।

यद्यपि राष्ट्रपति रुहानीले राजीनामा स्वीकृत गरे–नगरेको पुष्टि भइ नसकेको बीबीसीले जनाएको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस