अख्तियारद्धारा घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर श्रेष्ठविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारद्धारा घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर श्रेष्ठविरुद्ध मुद्दा दायर


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै घुस लिएको आरोप लागेका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक सेवाग्राहीबाट हाल प्रयोग गरिरहेको विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै सुपरभाइजर श्रेष्ठले रु १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

आयोगले आरोपी श्रेष्ठलाई बिगो असुल गरी कैद सजायको माग गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस