२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले

अ+ अ-

बेझाड । गाउँ गाउँमा आयोजना हुने स्वास्थ्य शिविरले महिलाका समस्या बाहिर ल्याउन ठूलो सहयोग मिलेको छ ।

महिला सकेसम्म स्वास्थ्य संस्थामा पुगेर आफ्ना समस्या बताउन हिचकिचाउने गर्छन् । यसले गर्दा पनि उनीहरु भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका हुन्छन् । भित्रभित्रै रोगले पीडित बन्छन् तर सम्बन्धित ठाउँमा समस्या लिएर जाने गर्दैनन् ।

यस्ता महिलाका लागि गाउँ गाउँमा बेलाबेलामा आयोजना हुने स्वास्थ्य शिविरमा समस्या लिएर पुग्ने गरेको पाइएको छ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा सञ्चालन भएको एकदिने महिला प्रजनन स्वास्थ्य जाँच शिविरमा गाउँका महिलाले आफ्ना समस्या लिएर पुगेको पाइयो ।

स्वास्थ्य संस्थाको हातामा पुगेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग बताउन लाज मान्ने, डराउने महिला यहाँ आयोजना भएको शिविरमा भने मज्जाले समस्याबारे जानकारी गराएका छन् ।

शिविरमा सेवा लिएका १६५ महिलामध्ये ६२ महिलामा सेतो पानी बग्ने, ३ जनामा रिङ प्रेसर देखिएको र दुईलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पठाइएको छ ।

शिविरमा २५ महिलामा अनियमित महीनावारी हुने, ५० मा बाथसम्बन्धी समस्या, १५ जनामा लुतो, ५ जनामा आङ खस्ने समस्या देखिएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताए । साथै शिविरका अवसरमा सात महिलाले परिवार नियोजनका साधन इम्प्लान्ट तथा आयुसिडी सेवा लिएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोग, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । महिलाको आङ खस्ने समस्या, अनियमित महीनावारी हुने जस्ता समस्यालाई समयमा नै पहिचान गरी रोग निराकरण गर्न शिविरले महत्वपूर्ण सहयोग पुगेको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत कल्पना पौडेलले बताइन्।

‘स्वास्थ्य चौकीमा जान हिचकिचाएर रोग लुकाएर बसेका महिला यसरी गाउँ गाउँमा आयोजना हुने शिविरमा आएर आफ्ना समस्या बताउन सक्नेभएका छन्’, उनले भने ।

गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन थालेपछि ग्रामीण भेगमा बसोबास गर्ने, स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका नागरिकलाई ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँगाउँमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला अस्पताल, नेपाल परिवार नियोजन सङ्घ पाल्पा, ताहुँ प्राथमिक स्वास्थ्यचौकी र स्थानीय स्वास्थ्य एकाइमा कार्यरत १७ स्वास्थ्यकर्मीसहितको टोलीले शिविरमा सेवा दिएको हो ।