खुकुरी प्रहार गर्ने तीन पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खुकुरी प्रहार गर्ने तीन पक्राउ


१३ फाल्गुन २०७५, सोमबार


काठमाडौ । महानगरीय प्रहरी वृत्त गौशालाले धारिलो हतियार खुकुरी प्रहार गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार साँझ ६ः१० बजे पिङगलास्थान बस्ने धनुषाका आताबुल रहिम, रवि यादव र सञ्जिव साहलाई पक्राउ गरेको हो ।

निजहरूले तिलगंगा पहेलो पुल डेरा गरी बस्ने भारतका मोहमद अलवाज खानलाई पिङगलास्थानमा धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

घाईतेको उपचार भईरहेको र खुकुरी प्रहार गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस