राष्ट्र बैंकले २ अर्बको ट्रेजरी बिल बिक्री गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्र बैंकले २ अर्बको ट्रेजरी बिल बिक्री गर्दै


प्रशासन संवाददाता

१२ फाल्गुन २०७५, आइतबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ ।

बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस