कांग्रेस पार्टी कार्यालय अगाडि नेविसंघका दुई पक्षबीच झडप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस पार्टी कार्यालय अगाडि नेविसंघका दुई पक्षबीच झडप


१२ फाल्गुन २०७५, आइतबार


काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि नेविसंघका दुई पक्षबीच झडप भएको छ । ३२ वर्षे उमेर हदका विषयमा दुई पक्षबीच झडप भएको जनाइएको छ ।

उमेर हदबन्दीका पक्ष र विपक्षमा विद्यार्थी नेताहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका  हुन्।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकटका विद्यार्थी नेताले उमेर हदको पक्षमा र संस्थापन पक्षका विद्यार्थी नेताले उमेर हदको विपक्षमा प्रदर्शन गर्दा झडप भएको जनाइएको छ ।

झडपका कारण कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस