काठमाडौँ । अनेकौँ छलफल र उच्चस्तरीय घेटघाट पश्चातसमेत चिकित्सकका समस्याहरू समाधान नगरिनु दुःखद भएको जनाउँदै सरकारी चिकित्सक सङ्घ नेपालले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
वैज्ञानिक र न्यायोचित समायोजनलगायतका माग राखी महिनौँदेखि आन्दोलित चिकित्सकहरूले शनिवारदेखि थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै विरोध धर्नादेखि स्वास्थ्य सेवा बहिष्कार तथा सामूहिक राजीनामा बुझाउनेसम्मका कार्यक्रम तय गरेको छ ।