चाँदीसहित एक पक्राउ « प्रशासन
Logo १ आश्विन २०७८, शुक्रबार
   

चाँदीसहित एक पक्राउ


११ फाल्गुन २०७५, शनिबार


जितपुर । कपिलवस्तुमा प्रहरीले रु पाँच लाख बराबरको अवैध चाँदीसहित एकलाई पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका–१ तौलिहवा बसपार्कबाट भारतको जिल्ला सिद्धार्थनगर ग्राम उस्का बजार बस्ने वर्ष ७६ का ओमप्रकाश बर्मालाई प्रहरीले चाँदीसहित नियन्त्रणमा लिएको हो । विशेष सुराकीका आधारमा प्रहरी टोलीले बर्माको शरीर खानतलासी गर्दा सेतो रङको आसकोटभित्र चाँदी फेला पारेको बताइएको छ ।

आसकोटभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी जस्तो देखिने आयात आकारको थान ४ ९चार० ८ किलो ४०० चाँदी फेला परेको प्रहरीको भनाइ छ । बरामद गरिएको चाँदीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएकोे छ ।

प्रतिक्रिया दिनुहोस