खुशी हुनु पनि त एउटा कला हो
आँशु लुकाउनु पनि त एउटा कला हो ।।
कोही हाँसेर बाँचेका छन यहाँ
कोही बाँच्नलाई हाँसेका छन यहाँ ।।
कत्ति लुट्टिए र पनि हाँसेका छन
कोही लुटेर पनि हाँसेका छन यहाँ ।।
विवशता छ आ आफ्नो यहाँ
उनी मेरै लागि बाँचेकी छिन
म उनको लागि हाँसेको छु यहाँ ।।।
आखिर ,
जीवन जिउँनु पनि त एउटा कला हो
खुशी हुनु पनि त एउटा कला हो
आँशु लुकाउनु पनि त एउटा कला हो ।।।