मेलम्चीमा गिद्धे नजर कसैको पर्न दिन्न : मन्त्री मगर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेलम्चीमा गिद्धे नजर कसैको पर्न दिन्न : मन्त्री मगर


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएका छन् ।

‘मेलम्ची उपत्यकाबासी जनताका निम्ति महत्वपूर्ण आयोजना हो । त्यो सँगसँगै व्यक्तिगत रुपमा मेरो सफलतासँग जोडिएको विषय हो तसर्थ कुनै पनि गिद्धेनजर पर्न दिन्न’ शुक्रबार संसदमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले भनिन् ।

मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सचिवले त्यसअनुसार काम नगरेकाले सरुवा गरेको उनले मन्त्री मगरले बताइन् ।

‘मैले देखेको फर्मुला मेलम्ची आयोजना प्लस सीएमसी आयोजना इजकल्टु (बराबर) काठमाडौको जनता हो’ उनले सचिव गजेन्द्र ठाकुरको सरुवाबारे भनिन् ‘सीएमसीलाई पहिलो प्राथमिकतामा राखेर काम गरियोस् भन्ने निर्देशन थियो । त्यो फर्मुलामा बसेर काम गरेको पाइन ।’

मन्त्री मगरले कहिलेकाहीँ सही ट्रयाक लिन खोज्दा विभिन्न भ्रम फैलिएको दावीसमेत गरिन् ।

सांसदहरुले खानेपानी मन्त्रालयबाट हालै सरुवा गरिएका सचिव गजेन्द्र ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप लगाएका विषयमा पनि प्रश्न गरेका थिए । मन्त्री मगरले त्यस विषयमा आफूले नभई सम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताइन् ।

मन्त्री मगरले सीएमसी आएमा काम छिटो हुने दावी गरिन् । ‘सीएमसी आएमा हामीले नेपाली भेण्डरको समस्या हल गर्न सक्छौं ।

रिटेण्डर सिस्टमबाट जान भन्दा छोटो समयमा काम गर्न सक्छौं’ उनले भनिन् ‘सीएमसीले विधिसम्मत ढंगले, ठेक्काको मान्यताभित्र रहेर आउँछ भने सरकारले वेलकम गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस