एशियन हक्की संघको सदस्यमा शर्मा निर्वाचित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एशियन हक्की संघको सदस्यमा शर्मा निर्वाचित


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं ।  जापानको जिफु शि सहरमा भएको एशियन हक्की महासंघको कांग्रेस तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ ।
शुक्रबार सम्पन्न निर्वाचनले महासंघको कार्यकारी समितिमा नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिल प्रसाद शर्मालाई ४ वर्षीय कार्यकालका लागि कार्यकारी सदस्यमा निर्विरोध निर्वाचित गरेको जापानबाट संघका सचिव रन्जन थापाले जानकारी गराए ।
महासंघको काँग्रेसले मलेसियाका राजा अब्दुल्लाह विन सुल्तान अहमद शाहलाई महासंघको संरक्षकमा चयन गर्दै जापानका दातो फुमिओ ओगुराको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारी समितिमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस