वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पाँच लाख लिने दुईजना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पाँच लाख लिने दुईजना पक्राउ


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । विदेश पठाइ दिन्छु भनी ५ लाख रुपैयाँ लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रवीन्द्र यान्जन र त्रिनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष विकलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

रकम लिन लागेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले युवाहरुलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीमा रहेको र्फस सेक्युरिटी अफिसमार्फत वैदेशिक रोजगारीमा पठाइदिने भनी उक्त रकम लिएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस