ताथलीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ताथलीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


८ फाल्गुन २०७५, बुधबार


बस दुर्घटना

भक्तपुर । काभ्रेको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस