पाँच सचिवको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच सचिवको सरुवा


प्रशासन विशेष ब्युरो

७ फाल्गुन २०७५, मंगलबार


सह सचिव

काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ ।

सोमबार सिँहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव दीपेन्द्र नाथ शर्मा र रक्षा मन्त्रालयका सचिव विष्णु प्रसाद लम्साललाई सरुवा गरेको हो ।

उच्च स्रोतले प्रशासनलाई बताएअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । त्यसै गरी खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरलाई नेपाल ट्रस्टमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव दीपेन्द्र नाथ शर्मालाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी रक्षा मन्त्रालयका सचिव विष्णु प्रसाद लम्सालको पनि सरुवा भएको छ । लम्सालको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेलाई पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस