डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार


७ फाल्गुन २०७५, मंगलबार


डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो ।

बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस