सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा


७ फाल्गुन २०७५, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामार्फत उनले मङ्गलवार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परेपनि संसदीय सुनुवाइ समितिले शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अस्वीकृत गरेको थियो ।

त्यसपछि लामो समय घरबिदामा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका थिए । कानुनमन्त्रीको मध्यस्थतामा इजलास तोकिएका जोशीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले पुस १९ देखि उक्त जिम्मेवारीसमेत खोसे पछि उनी बिदामा बस्दै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस