२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक शिक्षाका लागि ७० लाख सङ्कलन

अ+ अ-

गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि रु ७० लाख सहयोग सङ्कलन गरिएको छ ।

विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म रु ७० लाख जम्मा भएको विद्यालयले जनाएको छ ।

विद्यालयले यही फागुन ७ गतेदेखि १५ गतेसम्म नौ दिन स्वर्ण महोत्सव मनाउँदैछ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिलगायत सङ्घसंस्था दिए ।

विद्यालयले रु डेढ करोड सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्ने र ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाका लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले बनाएको छ । शिक्षा मन्त्रालयबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा कृषि तथा पशु विज्ञान विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताए ।

खत्रीले भने, “कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न प्राविधिक शिक्षा सञ्चालन अभियानमा छौँ ।” ताराखोला गाउँपालिका जिल्लाको दुर्गम गाउँपालिकामा पर्ने भएकाले दुर्गमका विपन्न परिवारका विद्यार्थीले घरमै बसेर प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

स्वर्णमहोत्सवको अवसरमा विद्यालयले आधारभूत विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता, खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला वडास्तरीय महिला भलिबल प्रतियोगिता, ताराखोला गाउँपालिकास्तरीय प्राथमिकतहस्तरीय पदमचन्द्र स्मृति हाजिरी जवाफ प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय वक्तृृत्वकला प्रतियोगिता, खुला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता, आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता, अभिभावक पुरुष र महिला रस्साकस्सी प्रतियोगिता, शिक्षक अभिभावक मैत्रीपूर्ण भलिबललगायतका प्रतियोगिता आयोजना गर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस